काठमाडौं । नेपाल, आईसीसी टी-२० विश्वकपको नजिक पुगेको छ ।
सुपर सिक्समा आइतबार यूएईमाथि एक रनको रोमान्चक जित हात पारेपछि नेपाल लगातार दोस्रो पटक विश्वकप खेल्ने संघारमा छ । नेपालले पुन: एक पटक उत्कृष्ट बलिङ र फिल्डिङ प्रदर्शन गर्यो । ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर एक सय ४० रनको सामान्य योगफल बनाएको थियो ।
जवाफमा नेपालले सानदार बलिङ र फिल्डिङ गरेपछि यूएईले ९ विकेटको क्षतिमा १ सय ३९ रन मात्र बनाउन सक्यो । यूएईलाई अन्तिम ३ बलमा जितका लागि ३ रन चाहिएको थियो । लगातार नेपालले विकेट लिँदै एक रनको सनसनी पूर्ण जित निकाल्यो ।