इलाममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३९ पुग्याे

राजदुवालीबाट इलाम बजारसम्म नि:शुल्क यातायात सेवा सुरू
आश्विन २१, २०८२ |कान्तिपुर टीभी संवाददाता
इलाममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३९ पुग्याे

काठमाडौं । मेची राजमार्गको राजदुवालीबाट सदरमुकाम इलाम बजारसम्म नि:शुल्क यातायात सेवा सुरू गरिएको छ ।

सवारीसाधनले आफुखुसी भाडा असुलेको गुनासो बढेपछि विभिन्न संस्था र व्यक्तिले नि:शुल्क सेवा दिएका हुन् । माईखोला पुल पारीबाट राजदुवालीसम्मको डेढ किलोमिटर सडक पहिरोले अवरूद्ध छ । त्यहाँबाट सदरमुकामसम्मको १० किलोमिटर दूरीमा नि:शुल्क यातायात सञ्चालनमा ल्याइएको हो । 

इलाम नगरपालिका, इलाम उद्योग वाणिज्य संघ, यातायात व्यवसायीका संघ/संस्था र रेडक्रसमा उपसभापति रतन चौधरीले नि:शुल्क सेवा प्रदान गरेका हुन् । यसैबीच इलामको इङ्ला खोलाले बगाएर बेपत्ता भएका सन्दकपुर-५ इङलाका २४ वर्षीय प्रवेश गुरूङको शव फेला परेको वडा सदस्य कुमार गुरूङले जानकारी दिनुभयो। 

योसँगै इलाममा बाढीपहिरोबाट मृत्यु हुनेको संख्या ३९ पुगेको छ । इलाम नगरपालिका-६ का महेन्द्र लिम्बु वेपत्ता छन् । उनलाई पहिरोले घरसहित बगाएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.