खोटाङ । खोटाङमा चट्याङ पर्दा दुईजना घाइते भएका छन्।
रावाबेशी गाउँपालिका-३ लामिडाँडाका ११ वर्षीय मन्दिप तिमल्सिना र बराहपोखरी गाउँपालिका-१ बराहपोखरी दुईघरेका २५ वर्षीय दीपक आले मगर चट्याङका कारण घाइते भएका छन्।
राईलाई घरबाट अर्खौले जाने क्रममा शनिबार बिहान ८ बजेर २० मिनेट जाँदा अखौलेस्थित सल्लेघारीमा चट्याङ लाग्दा खुट्टा र हातमा चोट लागेको छ। उनको अवस्था सामान्य रहेको र उनलाई जिल्ला अस्पताल दिक्तेल उपचारमा पठाइएको प्रहरीले जनाएको छ।
उता मगरलाई शनिबार बिहानको खाना खान बसेको अवस्थामा चट्याङ लागेको बताइएको छ। उनको अवस्था गम्भीर रहेको बराहपोखरी गाउँपालिका अध्यक्ष शालिकराम बन्जाराले बताउनुभयाे।
घाइतेलाई एम्बुलेन्समा राखेर धरान वा विराटनगर उपचारमा लाने तयारी भइरहे पनि अविरल वर्षातका कारण चाडैं उद्धार गर्न समस्या भएको छ। हवाई उद्धार तथा सडकबाट लैजान पनि मौसमका कारण असहज स्थिति भएको जनाइएको छ।