मध्यपुर थिमिको बालकुमारीमा खाँ पिहाँवइगु जात्रा सम्पन्न

आश्विन १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
मध्यपुर थिमिको बालकुमारीमा खाँ पिहाँवइगु जात्रा सम्पन्न

भक्तपुर । मध्यपुर थिमिको बालकुमारीमा मल्कालीन युद्ध झल्किने गरी खाँ पिहाँवइगु जात्रा शक्रबार सम्पन्न भएको छ ।

मल्लकालीन दरबार लायकुस्थित तलेजु भवानीको द्यो छेंबाट खड्ग, तरबार, ढाललगायत युद्धमा प्रयोग हुने शस्त्रअस्त्र बोकेर युद्ध कला प्रदर्शन गर्दै जात्रा सम्पन्न गरिएको हो । 

दरबारसँग सम्बन्धित फरक समुदायलाई सहभागी गराइने खाँ पिहाँवइगु जात्रामा गुठीयारले जामा लगाई खड्ग, ढाल र तरबार हातमा बोकेर बालकुमारीसम्म प्रदर्शन गर्ने चलन छ । जात्रामा दशैंको नवमीमा तलेजु भवानीलाई चढाइएको बली र कोतभित्र रहेका देवता र राजदण्डलाई सम्मिलित गराएर नगर परिक्रमा गराइन्छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.