
महोत्तरी । महोत्तरीमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् ।
काठमाडौं-खयरमारा चल्ने ना ६ ख १४६३० नम्बरको बस शुक्रबार बिहान काठमाडौंतर्फ जाँदै गर्दा दुर्घटना भएको हो । दुर्घटनामा स्थानीय करिब ८० वर्षीय चुल्हाई चौधरी र १० बर्षीय प्रविन खड्काको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घाइतेहरूको स्थानीय शुभ स्वस्तिक अस्पताल बर्दिबासमा उपचार भइरहेको छ । दुर्घटनाको कारण खुल्न बाँकी रहेकाले यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।