गिरीबन्धु टी-स्टेट अगाडि भएकाे सवारी दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते

आश्विन १६, २०८२ |कान्तिपुर टीभी संवाददाता
गिरीबन्धु टी-स्टेट अगाडि भएकाे सवारी दुर्घटनामा दुई जनाको मृत्यु, १३ घाइते

बनियानी । बिर्तामोड नगरपालिका-६ स्थित गिरीबन्धु टी-स्टेट अगाडि बिहिबार बिहान भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् ।

विराटनगरबाट काँकडभिट्टातर्फ गइरहेको सगरमाथा यातायातको यात्रीवाहक बस दुर्घटना हुँदा सुनसरीको इटहरी नगरपालिका-११ का ४६ वर्षीय दिनेशकुमार भट्टराई र बसका सहचालक रङ्गेली नगरपालिका-२ का ४२ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।

घाइेत सबैको स्थानीय बि एण्ड सी अस्पतालमा उपचार भइरकेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रवक्ता खड्काले बताउनुभयो । दुर्घटनापछि फरार भएका बस चालकको खोजी जारी छ ।-रासस 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.