‘नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध छैन’

आश्विन १५, २०८२ |कान्तिपुर टीभी संवाददाता
‘नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध छैन’

भरतपुर । बडादशैंको नवौँ दिन बुधबार नारायणगढ-मुग्लिन सडक र पृथ्वी राजमार्गमा कुनै अवरोध नरहेको प्रहरीले जनाएको छ ।

दशैं सुरू भएसँगै पहिराका कारण पटक-पटक अवरूद्ध हुँदै आएको नारायणगढ-मुग्लिन सडकमा बुधबार भने निर्वाद रूपमा सवारीसाधन सञ्चालनमा छन् । हिजोअस्तिको तुलनामा सवारीसाधनको चाप कम रहेको र कुनै अवरोध नरहेको इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षक प्रतीक सिंहले जानकारी दिनुभयो ।

उहाँका अनुसार दशैं अवधिभर राजमार्गमा सुरक्षाकर्मी २४सै घण्टा खटिएको र यात्रुलाई कुनै पनि समस्या हुन नदिनेगरी काम गरिरहेका छन् ।

मङ्गलबार साँझ ७ः३० बजे इच्छाकामना गाउँपालिका-५ स्थित तुइन खोलामा लेदोसहितको पहिरो खस्दा सडक दुइतर्फी अवरूद्ध भएको थियो । पहिरो पन्छाएसँगै ८ः४० बजेदेखि सडक दुइतर्फी सञ्चालनमा आएको थियो । गएरातिसम्म सवारीसाधनको चाप रहे पनि हाल निकै कम रहेको प्रहरीले जनाएको छ । तुईन खोलामा पटक-पटक पहिरो खस्दा यात्रुले सास्ती भोग्दै आएका छन् ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.