दाउन्नेमा दशैँभरका लागि आपतकालीन मर्मतसम्भार टोली

आश्विन ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
दाउन्नेमा दशैँभरका लागि आपतकालीन मर्मतसम्भार टोली

काठमाडौं । विस्तारको क्रममा रहेको नारायणगढ-बुटवल सडक खण्डको दाउन्नेमा दशैँ अवधिभर मर्मत सम्भारका लागि आपतकालीन मर्मतसम्भार टोली खटाइएको छ ।

टोलीले यो सडक खण्डमा हुने अवरोध हटाउने तथा नियमित मर्मत सम्भारका काम गर्नेछ। सामान्य वर्षामा पनि सडक चिप्लो भएर घण्टौँसम्म अवरुद्ध हुने र विभिन्न स्थानमा सडक भासिँदा यात्रुले सास्ती भोग्नुपर्ने भएपछि प्राविधिक, उपकरण र आवश्यक जनशक्ति सहितको आपतकालीन मर्मतसम्भार टोली चौबीसै घण्टा परिचालन भएको नारायणगढ-बुटवल सडक विस्तार आयोजना पूर्वी खण्डका सूचना अधिकारी इन्जिनियर शिव खनालले बताउनुभयो । 

हाल विश्वकर्मा मन्दिर र पैँसठ्ठी मोडलगायत अवरुद्ध हुने स्थान र र भासिएको स्थानमा काम भइरहेको छ । अघिल्ला वर्षमा पनि दशैँ र वर्षामा दाउन्ने खण्डको मर्मतसम्भारका लागि उपकरणसहितको टिम परिचालन गरिएको भए पनि प्रभावकारी हुन सकेको थिएन । 

तर, यो वर्ष दशैँमा पनि बिदामा नबस्ने गरेर कर्मचारी खटाइएको आयोजनाले जनाएको छ । आयोजनाअन्तर्गत पूर्वी खण्डको दाउन्नेमा १ किलोमिटरभन्दा बढी ढलान गरिएकोमा ८ सय मिटरमा मात्र सवारी सञ्चालन भएको छ । 

बाँकी खण्ड हिलो र धूलोको सास्ती छ । २०७५ साल चैतमा सुरु भएर ४४ महिनाभित्र सम्पन्न हुनुपर्ने यो सडक खण्डको म्याद तेस्रो पटक थप भएको छ । अहिलेसम्म निमार्ण प्रगति ७२ प्रतिशत मात्र छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.