काठमाडौं । गत भदौ २४ गते नख्खु कारागारबाट भागेका शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका तत्कालीन सञ्चालक केदारनाथ शर्मा पक्राउ परेका छन् ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले शर्मालाई ललितपुरको सानेपाबाट पक्राउ गरेको हो । कारागारमा तोडफोड र आगजनीपछि कैदीबन्दी भागेका थिए ।
पक्राउ परेका शर्मालाई आजै नख्खु कारागार प्रशासनको जिम्मा लगाइएको सीआईबीले जनाएको छ । शर्मा सहकारी ठगी अभियोगमा कारागारमा थिए ।