काठमाडौं उपत्यका आसपासका नदीहरुमा बाढी

आश्विन ८, २०८२ |कान्तिपुर टीभी संवाददाता
काठमाडौं उपत्यका आसपासका नदीहरुमा बाढी

काठमाडौं । काठमाडौं उपत्यका आसपासका नदीहरुमा बाढी आएको छ ।

बुधवार दिउँसोदेखिको अविरल वर्षापछि उपत्यकाका अधिकांश नदीहरुमा बाढी आएको हो । वागमती, धोविखोला, बल्खु खोला, विष्णुमती लगायतका नदिहरुमा बाढी आएको छ ।

वर्षा निरन्तर रहे बुधवार साँझसम्म जल सतह पार गर्ने भन्दै आवश्यक शतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह छ । जलवायु परिवर्तनको कारण जलचक्रिय प्रणालीमा आएको असरको कारण असोजमा अत्याधिक पछिल्ला वर्षहरुमा असोजमा अत्याधिक वर्षा हुने गरेको छ ।

गत वर्षको ११ र १२ असोजमा आएको बाढीको कारण ठूलो जनधनको क्षति भएको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.