सुमन सौरभको 'रे' सार्वजनिक

आश्विन ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
सुमन सौरभको 'रे' सार्वजनिक

काठमाडौं । लेखक तथा मानवशास्त्री सुमन सौरभको छैठौं कृति 'रे' को विमोचन गरिएको छ । काठमाडौंमा आयोजित कार्यक्रममा प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार श्रीओम श्रेष्ठ रोदन, कवि नरेन्द्रकुमार नगरकोटी, तुलसीहरि कोइरालालगायतले 'रे' लघुकथा संग्रह सार्वजनिक गरे ।

‘लघुकथाको रचना विधान’का सर्जक प्रा.डा. गौतमले कृतिकार सौरभले सधैँ प्रयोगधर्मी पृथक लघुकथा सिर्जना गर्दै आएको बताउनुहुँदै उहाँले सुमनको लघुकथामा बौद्धिकता झल्किने बताउनुभयो । लघुकथा समाजद्वारा आयोजित कार्यक्रममा समाजका संस्थापक अध्यक्ष रोदनले सुमनको लघुकथा लेखनको चर्चा गर्दै परिवर्तनकारी भूमिका निर्वाह गरेको बताउनु भयो । रोदनले भन्नुभयो, "लोकार्पित कृति ‘रे’का हरेक लघुकथाले ठूलो अर्थ बोकेको छ ।"

कार्यक्रममा कवि तथा सञ्चारकर्मी मणि लोहनीले नेपालका पाँच अब्बल लघुकथाकारमा सुमन सौरभ पर्ने भन्दै नेपाली कथालाई एउटा भिन्न दिशा दिन सुमन सफल रहेको बताउनुभयो । कलम प्रकाशनका नगरकोटीले कृति प्रकाशनका विविध सन्दर्भहरूमाथि चर्चा गर्नु भयो ।

समाजका अध्यक्ष तुलसीहरि कोइरालाले कृतिभित्र मौलिक आख्यानको स्वाद भेटिने बताउनुभयो । कृतिकार सुमनले लघुकथा लेखनको रचनागर्भ र पृष्ठभूमिबारे बताउँदै एउटा लघुकथा लेख्छ ६ महिना समयसमेत लागेकोसमेत जानकारी दिनुभयो । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.