धादिङ । चाडपर्वको समयमा एक स्थानबाट अर्को स्थानमा जाँदा यात्रुहरूलाई हुनसक्ने समस्याबारे गुनासो राख्न जिल्ला प्रहरी र ट्राफिक प्रहरी कार्यालय धादिङले संयुक्त यात्रु सहायता कक्ष स्थापना गरेका छन्।
सदरमुकाम धादिङबेसीको प्रवेशद्वार पुछारबजारमा रहेको सहायता कक्षमा यात्रुहरूलाई आईपर्ने सबैखालको समस्या समाधान गर्न सजिलो होस् भनेर सहायता कक्ष स्थापना गरिएको धादिङका प्रहरी प्रमुख भेषराज रिजालले बताउनुभयो ।
प्रहरीले राजमार्ग क्षेत्रमा पनि सहायता कक्ष स्थापना गर्ने बताएको छ।