होरा बन्यो ईस्पोट्स पब्जी मोवाइल नेपाल सिरिजको च्याम्पियन

आश्विन ९, २०८२ |कान्तिपुर टीभी संवाददाता
होरा बन्यो ईस्पोट्स पब्जी मोवाइल नेपाल सिरिजको च्याम्पियन

काठमाडौं । होरा ईस्पोट्स तेस्रो संकरणको पब्जी मोवाइल नेपाल सिरिज -पिएमएनएस)को च्याम्पियन बनेको छ। नेपालको सबैभन्दा ठूलो घरेलु प्रतियोगिता अन्तर्गत रहेको पिएमएनएसमा होराले अन्तिम खेलमा सानदार कमब्याक गरेर प्रतियोगिता सुखद् रुपमा समाप्त गरेको हो ।

होराले कुल १४८ अंक जोड्यो। उनसले स्थानका आधारमा ६२ अंक पाएको थियो भने ८६ एलिमिनेसन गरेर सो अंक जोडेको हो। उपाधिसहित होराले एक हजार २५० अमेरिकी डलर पुरस्कार जितेको छ। होराका सुरज लामा-नो फियर) सर्वोत्कृष्ट खेलाडी बनेका थिए।

११८ अंकका साथ डिआरएस गेमिङ दोस्रो स्थानमा रहृयो। नेपालको अर्को बलिया टिम नेपेक्सले ११८ अंक प्राप्त गर्यो। १६ टोली सहभागी बनेको फाइनल चरणको अन्तिम दिन होरा, डिआरएस, नेपेक्स र एचएल एक्स उपाधिका लागि कडा प्रतिस्पर्धा भएको थियो। मंगलबार, दोस्रो दिनको समाप्तिमा होरा ८९ अंकका साथ शीर्ष स्थानमा थियो भने दोस्रो स्थानको डिआरएस दुई अंकले मात्रै पछि थियो। 

त्यसैगरी तेस्रो स्थानको एचएल एक्सले ८२ अंकका साथ शीर्ष दुई टिमलाई दबाबमा राखेको थियो। दक्षिण एसियाली छनोटबाट पब्जी मोवाइल सुपर लिग -विश्व च्याम्पियनसिपको दक्षिण र सेन्ट्रल एसिया छनोट-पिएमएसएल) मा छनोट भइसकेको नेपेक्सले दोस्रो दिनमा ६९ अंक मात्रै जोडेको थियो। यद्यपी उसका लागि अर्को महिना युएईमा हुने पिएमएसएलका लागि राम्रो तयारी भएको छ। पिएमएसएलका लागि नेपालबाट होरा, नेपेक्स र फो वाइ आरजले स्थान बनाएका छन्।

इराङ्गल र मिरामारमा समान दुई दुई खेल भएका थिए भने एक खेल सनुक म्याप्समा भएको थियो। दिनको पहिलो खेलमा नेपेक्स विजयी भएको थियो। दोस्रो खेलमा रैला ब्रोले १८ अंकसहित चिकन डिनर गर्यो। तेस्रो खेलमा होरा इस्पोट्स विजयी भएको थियो भने चौथो खेलमा १७ अंकसहित बाग इस्पोट्सले चिकन डिनर गर्यो। पााचौ खेलमा सानदार चिकन डिनरसागै फराकिलो अग्रता बनाएर उपाधि आफ्नो बनाएको हो।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.