पाँचथरमा पक्राउ परे झुम्का र नख्खुबाट भागेका कैदी

भाद्र ३१, २०८२ |लक्ष्मी गौतम
पाँचथरमा पक्राउ परे झुम्का र नख्खुबाट भागेका कैदी

पाँचथर । जेन-जी समूहले गरेको देशव्यापी आन्दोलन चर्कंदै गएपछि भदौ २४ गते विभिन्न कारागारबाट भागेका ४ जना कैदी पाँचथरमा पक्राउ परेका छन ।

पक्राउ परेका मध्ये काठमाडौंको नख्खु जेलबाट भागेका १ र सुनसरीको झुम्का कारागारबाट भागेका ३ जना रहेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमूख (डिएसपी) कौशल बुढाथोकीले जानकारी दिनुभयाे ।

बुढाथोकीका अनुसार नख्खुबाट भागेका कर्तव्य ज्यान मुद्दाका अभियोगी ३६ वर्षीय चन्द्र भन्ने विनय नेम्वाङसँगै झुम्का कारागारबाट भागेका कर्तव्य ज्यान मुद्दाकै पाँचथर कुम्मायक-१ का ४५ वर्षीय चन्द्रबहादुर तामाङ, जबरजस्ती करणी मुद्दाका अभियोगी पाँचथर तुम्वेवाका ४० वर्षीय दलबहादुर कार्की र लागु औषध मुद्दाका अभियोगी पाँचथर फिदिम नगरपालिका-५ का ३० वर्षीय मंगलसिंह तुम्वापो मङ्गलबार आ-आफ्ना घरबाट पक्राउ परेका हुन् ।

पक्राउ परेका चारैजनालाई पाँचथर कारागारमा राखिएको छ ।


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।