तीन करोडभन्दा बढी रकम र सुनसहित गोङ्गबुबाट एक जना पक्राउ

भाद्र १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
तीन करोडभन्दा बढी रकम र सुनसहित गोङ्गबुबाट एक जना पक्राउ

काठमाडौँ । काठमाडौँ महानगरपालिका-२६ गोङ्गबुस्थित टाउन प्लानिङबाट रू तीन करोडभन्दा बढी रकम र सुनसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गारखा जिल्ला घर भई हाल काठमाडौँ महानगरपालिका-२६ गोङ्गबु बस्ने ७६ वर्षीय विनोद श्रेष्ठ रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “करिब रू तीन करोडभन्दा बढी रकम र ठूलो परिमाणमा सुनका गहना पनि भेटिएका छन् । रकमको सङ्ख्या यकिन गर्न मेसिन मगाएर गन्ने कार्य सुरू भएको छ ।”

मंगलबार उपत्यका प्रहरी कार्यालय रानीपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अवैध रकम लुकाइएको सूचनाका आधारमा छापा मारेको थियो ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.