सिन्धुपाल्चोक । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१ गुन्सास्थित विदान विधि कृषि पशुपन्छी फार्ममा आगलागी भएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार करेन्ट शर्ट भएर आगलागी हुँदा फार्ममा रहेका ८५ बाख्रामध्ये ५० वटा जलेका छन् भने ६ वटा घाइते भएका छन्।
फार्ममा रहेका २९ वटा बाख्रा भने सुरक्षित रहेका छन् । आगो निभाउने क्रममा सोही स्थानका ४४ वर्षीय चुडामणी श्रेष्ठ घाइते हुनुभएको छ। उहाँको चौतारा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।