प्रहरीले गोली प्रहार गरी दुई जना लागु औषध कारोवारीलाई नियन्त्रणमा लियाे

श्रावण २८, २०८२ |अनिल मिश्र
प्रहरीले गोली प्रहार गरी दुई जना लागु औषध कारोवारीलाई नियन्त्रणमा लियाे
जनकपुर । प्रहरीले धनुषामा गोली प्रहार गरी दुई जना लागु औषध कारोवारीलाई नियन्त्रणमा लिएको छ । 

काठमाडौंबाट खटिएका लागु औषध नियन्त्रण ब्यूरोका टोलीले मिथिला नगरपालिका वडा नम्बर-२ बाट पप्पु साह र शैलो देवी रामलाई लागु औषधसहित नियन्त्रण लिएको हो । 

प्रहरीको गोली लागेर लागु औषध कारोबारमा संलग्न पप्पु साह घाइते भएका छन् । दायाँ खुट्टामा गोली लागि घाइते भएका साहको धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा उपचार भइ रहेको छ भने शैलो देवी राम प्रहरीको नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक नरहरी रेग्मीले जानकारी दिनु भएको छ । 

साह यस अघि पनि लागु औषधको कारोवारमा संलग्न रहेको आरोपमा जेल सजाय काटेर फर्के पछि पुन: लागु औषधकै कारोवारमा लागेको प्रहरीको दाबी छ । आरोपीहरूको साथबाट करिब २ सय २५ ग्राम खैरो हेरोइन बरामद भएको बताइएको छ । 

लागु औषध नियन्त्रण ब्यूरो, काठमाडौँबाट खटिएका इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालककृष्ण सन्जेल नेतृत्वको टोलीलाई दुवै जनालाई नियन्त्रणमा लिन २ राउन्ड गोली चलाउनु परेको प्रहरीको भनाइ छ ।


Image

अनिल मिश्र

मिश्र कान्तिपुर टेलिभिजनका जनकपुर संवादताता हुन् ।