काठमाडौं । पछिल्लो समय आर्थिक अपराधमा वृद्धि भएको पाइएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंकाअनुसार सबैभन्दा बढी मुद्दा दर्ता बैकिङ कसुरमा हुने गरेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले मुख्य १० वटा सबैभन्दा बढी दर्ता भएको मुद्दालाई विश्लेषण गर्दा बैकिङ कसुुर पहिलो नम्बरमा रहेको बताउनु भयो ।
बुधबार परिसरमा आयोजित पत्रकार सम्मेलनमा उहाँले गत आर्थिक वर्ष २०८१÷/०८२ मा ६ हजार ५ सय ५३ वटा मुद्दाहरू बैकिङ कसुरका दर्ता भएको जानकारी दिनुभयो ।
गतवर्ष १२ हजार ९ सय १५ वटा मुद्दा दर्ता भएका थिए । उहाँकाअनुसार बैकिङ कसुरपछि अभद्र व्यवहारका मुद्दा १ हजार ९ सय ५३ वटा रहेका छन् । त्यसपछि क्रमशः चोरी, ठगी, लागुऔषध, आत्महत्त्या, जबर्जजस्तीकरणी, ज्यान मार्ने उधोग, सवारी ज्यान र अंगभंगका घटनाहरू रहेको उहाँले बताउनुभयो । चोरीका ९५१, ठगीका ७४७, लागूऔषधका ४३१, आत्महत्याका ३३२, जबर्जजस्ती करणी २४४, ज्यान मार्ने उधोग १४०, सवारी ज्यान १०० र सवारी अंगभंग ७४ वटा मुद्दा दर्ता भएका छन् ।
औसतमा दैनिक ३५ वटा मुद्दा दर्ता भएको देखिएको प्रहरी प्रमुख पोखरेलले जानकारी दिनुुभयो । उहाँकाअनुसार यी १० प्रकारका मूख्य संख्याका अपराधहरूले जम्मा मुुद्दाको ८९ प्रतिशत हिस्सा ओगटेका छन् ।
यस्तै उहाँले काठमाडौ जिल्लामा ८ सय १५ जना प्रहरी दरबन्दी रिक्त रहेको पनि जानकारी दिनुभयो । काठमाडौं जल्लाको लागी कुल दरबन्दी कुल दरबन्दी ४ हजार १६ भएपनि हाल ३ हजार २ सय ३३ जना प्रहरी जनशक्ति कार्यरत रहेको उहाँले बताउनु भयो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले गतवर्ष फैसला कार्यन्वयन तर्फ ५ हजार ५ सय १२ जनाबाट २४ करोड २० लाख ९४ हजार ८५९ रूपैयाँ जरिवाना असुल गरेको छ । यस्तै ६ करोड ८५ लाख ५० हजार १०६ रुपैयाँ बराबरको हुण्डी रकम बरामद गरेको छ । कार्यलयले १२ करोड ७५ लाख ८ हजार ८ सय २८ रूपैयाँ राजस्व दाखिला समेत गरेको छ ।