उदयपुरमा विङ्गरको ठक्करले ७४ वर्षीया वृद्धाको मृत्यु

श्रावण ४, २०८२ |भोटराज राई
उदयपुरमा विङ्गरको ठक्करले ७४ वर्षीया वृद्धाको मृत्यु

उदयपुर । पूर्वपश्चिम मदनभण्डारी राजमार्गअन्तर्गत कटारी-गाईघाट सडकखण्डको त्रियुगा नगरपालिका-८ झोडाचौकमा आइतबार बा.प्र. ०८-००१ ज ००७१ नम्बरको उइङ्गरको ठक्करबाट स्थानीय ७४ वर्षीया कोटीमाया दनुवारको मृत्यु भएको छ ।

गाडीको ठक्करबाट गम्भिर घाइते भएकी त्रिनपा-७ की दनुवारलाई उदयपुर अस्पतालमा प्रारम्भिक उपचारपश्चात धरानतर्फ लैजादा-लैजादै बाटैमा मृत्यु भएको प्रहरीले जनाएको छ । 

उनलाई बाटोमा जटिलता देखिए पछि पुनः उदयपुर अस्पताल फर्काइएकोमा अस्पतालले मृत घोषणा गरेको थियो । ठक्कर दिने गाडी र चालक कटारी नगरपालिका–६ का ३८ वर्षीय घमाडे सार्की जिल्ला प्रहरी कार्यालय उदयपुरको नियन्त्रणमा रहेको छ । 


Image

भोटराज राई

राई कान्तिपुर टीभीका उदयपुर संवाददाता हुन् ।