धनकुटा । हातहतियार तथा खरखजना मुद्दामा जिल्ला अदालत धनकुटाले कैद र जरिवाना तोकेका फरार प्रतिवादीलाई धनकुटा प्रहरीले पक्राउ गरेको छ ।
धनकुटाको चौविसे गाउँपालिका-५ बोधेका ५० वार्षlय प्रेमबहादुर जोगी शनिबार बिहान पक्राउ परेका हुन् ।
जोगीलाई धनकुटा जिल्ला अदालतले २०८१ पुस २९ गते हातहतियार तथा खरखजना मुद्दामा ३ महिना २९ दिन कैद र ७ हजार रूपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
पक्राउ परेका जोगीलाई आइतबार अदालतमा पेस गरिने धनकुटा प्रहरीले जनाएको छ ।