बालअधिकार सिकाइ सम्मेलन काठमाडौं सुरू

भाद्र २, २०८२ |कान्तिपुर टीभी संवाददाता
बालअधिकार सिकाइ सम्मेलन काठमाडौं सुरू

काठमाडौं । बालअधिकार सिकाइ सम्मेलन काठमाडौं सुरू भएको छ ।

बाल अधिकारको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा संवैधानिक अधिकार कार्यान्वयका पैरवी गर्ने सम्मेलन सुरू भएको हो । सम्मेलनमा बालबालिकासँगसम्बन्धित दुई दर्जनभन्दा बढी संस्था सहभागी छन् । 

बालविवाह अन्त्य, बालश्रम मुक्त, सडक बालबालिका मुक्त, बालमैत्री स्थानीय शासन प्रवर्द्धन, अनलाइन सुरक्षालगायतका विषयमा सम्मेलनमा छलफल भइरहेको छ । 

सरकारले सबै पालिकालाई बालश्रम मुक्त गराउने घोषणा गरेको छ । तर अहिलेसम्म ११ पालिका मात्र बालश्रम मुक्त घोषणा भएका छन् । दुई दिनसम्म चल्ने यो सम्मेलनमा सबै पालिकालाई बालश्रम मुक्त गराउने विषयमा छलफल हुने छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.