कनेक्टआईपीएसको नाममा आएका फिसिङ्ग लिंक आधिकारिक नभएको नेपाल क्लियरिङ हाउसको भनाइ

भाद्र ३, २०८२ |कान्तिपुर टीभी संवाददाता
कनेक्टआईपीएसको नाममा आएका फिसिङ्ग लिंक आधिकारिक नभएको नेपाल क्लियरिङ हाउसको भनाइ

काठमाडौं । पछिल्लो समय कनेक्टआईपीएसको नाममा फिसिङ्ग लिंकसहितका एसएमएस पठाइने घटनाबारे नेपाल क्लियरिङ हाउस लिमिटेड-एनसीएचएलले ध्यानाकर्षण भएको जनाएको छ।

केही दिनयता “Your connectIPS linked accounts have been locked, please verify https://shorturl.fm/k6xkh to Login and Secure it” भन्नेजस्ता फिसिङ्ग एसएमएस सेवाग्राहीले प्राप्त गरिरहेका छन् भन्ने गुनासो आएको थियो। 

यसबारे कान्तिपुर टेलिभिजनले सम्पर्क गर्दा नेपाल क्लियरिङ हाउस लिमिटेडले ती लिंकहरू आधिकारिक नभएको स्पष्ट गरेको हो।

संस्थाले कनेक्टआईपीएससम्बन्धी कुनै पनि आधिकारिक सूचना वा सन्देश नेपाल क्लियरिङ हाउस लिमिटेड-एनसीएचएलबाट मात्र आउने भएकाले अन्य माध्यमबाट पठाइएका लिंकहरूमा प्रवेश नगर्न र त्यहाँ कुनै पनि जानकारी प्रविष्ट नगर्न उपभोक्तालाई आग्रह गरेको छ।

फिसिङ्ग एसएमएसमा दिइएका लिंकमा क्लिक गर्दा कनेक्टआईपीएसकै हुबहु देखिने नक्कली वेबपेजमा पुर्याइने र प्रयोगकर्तालाई लगइन गर्न लगाएर यूजरनेम/पासवर्ड जस्ता संवेदनशील विवरण चोर्ने गरिएको पाइएको छ। 

यसमार्फत पीडितका बैंक खाता तथा वालेटमा रहेको रकम अन्यत्र ट्रान्सफर भएको उजुरी धेरै आएको र हाल साइबर ब्युरोमा अनुसन्धान भइरहेका प्रहरीले जनाएको छ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.