नेपाल टेलिकमको रिङ ब्याकटोन बन्द गर्न माग गर्दै सर्वोच्चमा रिट

भाद्र २, २०८२ |कान्तिपुर टीभी संवाददाता
नेपाल टेलिकमको रिङ ब्याकटोन बन्द गर्न माग गर्दै सर्वोच्चमा रिट
काठमाडौं । नेपाल टेलिकमले ल्यान्डलाइन र मोबाइल फोनमा बजाउने रिङ ब्याकटोन बन्द गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा सोमबार रिट निवेदन पेस भएको छ । 

अधिवक्ता विमल पोखरेलले उक्त रिट पेस गर्नुभएको हो । नेपाल टेलिकम, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूरसञ्चार प्राधिकरणलाई विपक्षी बनाइएको छ । 

उक्त निवेदन पेस भएको र दर्ता गर्ने वा नगर्ने विषयमा छलफल भइरहेको सर्वोच्च अदालतल प्रशासनले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.