काठमाडौं । सुक्खा पहिरोले अवरूद्ध नारायणगढ-मुग्लिन सडकखण्ड पहिरो हटाइएपछि पुन: सञ्चालनमा आएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-५ तुइनखोलास्थित सडकखण्डमा आइतबार बिहान पहिरो खसेर अवरूद्ध बनेको सडक बिहान सवा आठ बजेपछि दुई तर्फी सञ्चालनमा आएको हो ।
जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी रवीन्द्र खनालका अनुसार ‘जेसिभी’ प्रयोग गरेर पहिरो पन्छाएपछि सडक सञ्चालनमा आएको हो । आज बिहान ४ बजेर २० मिनेटको समयमा इच्छाकामना गाउँपालिका-५ तुइन पुल नजिकै ढुंगासहितको पहिरो खस्दा सवारी आवागमन दुईतर्फी नै अवरूद्ध भएको थियो ।
वर्षायामको समयमा यस क्षेत्रमा पहिरोको जोखिम उच्च भएकाले बुझेर, हेरेर मात्रै सुरक्षित यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।