हुम्लामा ट्राक्टर दुर्घटना: एकको मृत्यु, १२ घाइते

श्रावण २, २०८२ |कान्तिपुर टीभी संवाददाता
हुम्लामा ट्राक्टर दुर्घटना: एकको मृत्यु, १२ घाइते

हुम्ला । खार्पुनाथ गाउँपालिका-२ मा ट्राक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृतक खार्पुनाथ गाउँपालिकाका अन्दाजी २५ वर्षका मिलन बोहोरा रहेको प्रहरीले जनाएको छ । 

ट्राक्टरमा सवार १५ जना मध्ये १२ जनाको अवस्था गम्भीर छ ।

चुवाखोला लेकबाट वन लसुन जडिबुटी सङ्कलन गरेर फर्किँदै गरेको क-प्र-०२००१-ट-०३५३ नम्बरको ट्राक्टर दुर्घटना भएको जिल्ला प्रहरी कार्यलयले जनाएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.