काठमाडौं । संयुक्त अरब इमिरेट्स सरकारले विभिन्न अपराधको कसुरमा जेलमा रहेका १ सय २० जना नेपालीकाे सजाय मिनाहा गर्ने भएको छ ।
अबुधाबीस्थित नेपाली दूतावासले जारी गरेको एक प्रेस विज्ञप्तिअनुसार त्यहाँको पर्व ईद अल-अदाहको अवसरमा कारगारमा सजाय भुक्तान गरिरहेका १ सय २० जना नेपालीहरूको बाँकी सजाय मिनाहा गरी आममाफी दिने निर्णय गरेको हो ।
दूतावासले संयुक्त अरब इमिरेट्स सरकारप्रति आभार व्यक्त गरेको छ ।