मालपोत कार्यालय भक्तपुरका प्रमुख आचार्य र कार्यालय सहयोगी घुससहित पक्राउ

असार ३२, २०८२ |कान्तिपुर टीभी संवाददाता
मालपोत कार्यालय भक्तपुरका प्रमुख आचार्य र कार्यालय सहयोगी घुससहित पक्राउ

भक्तपुर । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले भूमि सुधार तथा मालपोत कार्यालय भक्तपुरका प्रमुख कुमार आचार्य र कार्यालय सहयोगी टीकाराम राउतलाई घुस रकमसहित नियन्त्रणमा लिएको छ ।

राउतको साथबाट २४ लाख ५० हजार रकम पनि बरामद गरेको छ। मोही तल्सिङको मुद्दा मिलाउन प्रमुखसहितलाई दिनुपर्ने भन्दै घुस लिएका राउतलाई कार्यालयबाटै मंगलबार रंगेहात पक्राउ गरेको हो।

आचार्यको साथबाट दुईवटा मोबाइल डिभाइस र राउतको साथबाट एउटा मोबाइल डिभाइससमेत बरामद गरिएको छ । उनीहरूले भक्तपुर चाँगुनारायण नगरपालिकामा रहेको १४ रोपनी ४ आना जग्गा मोही र तलसिङको लगत कट्टागरी उक्त जग्गा मोहीको नाममा जग्गा धनी पुर्जा बनाउने भन्दै घुस लिएको अख्तियारले जनाएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.