पहिरोले पुर्दा बाबुको मृत्यु, छोरा बेपत्ता

असार २५, २०८२ |घनश्याम खड्का
पहिरोले पुर्दा बाबुको मृत्यु, छोरा बेपत्ता

म्याग्दी । मालिका गाउँपालिका-३ रूमको लुक्सीपार भन्ने स्थानमा पहिरो जाँदा बाबुछोरा पुरिएका छन् ।

दाउरा खोज्न स्थानीय गाउँ नजिकै जंगलमा गएका बेला माथिबाट झरेको पहिरोले पुर्दा स्थानीय ३५ वर्षीय बाबु जकेन्द्र विकको मृत्यु भएको छ । पहिरोमा पुरिएका उनका १२ वर्षीय छोरा सरोज विक बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सूर्यबहादुर थापाले बताउनुभयाे ।

जल तथा मौषम विज्ञान विभागको दरवाङस्थित वर्षा मापन केन्द्रको अभिलेखअनुसार बुधबार बिहान ६ बजेदेखि मालिका गाउँपालिका क्षेत्रमा भारी वर्षा भैरहेको छ ।

बुधबार दिउँसो २ बजेसम्ममा मालिका गाउँपालिका-६ दरवाङ क्षेत्रमा एक सय १५ मि.मी वर्षा मापन भएको छ । 


Image

घनश्याम खड्का

खड्का म्याग्दीका कान्तिपुर टीभी संवाददाता हुन् ।