मुगुमा करेन्ट लागेर १० वटा खच्चर मरे

असार ९, २०८२ |जनकबहादुर शाही
मुगुमा करेन्ट लागेर १० वटा खच्चर मरे

मुगु । छायाँनाथ रारा नगरपालिका १२ स्थित लुम्स गाउँमा करेन्ट लागेर १० वटा खच्चर मरेका छन । आइतबार राति १० बजेतिर राष्ट्रिय विद्युत प्रसारण लाइनको करेन्ट लागेर खच्चर मरेका हुन ।

मुगुका प्रमुख जिल्ला अधिकारी विभाकर मिश्रले १० खच्चर मरेको बताउनुभयो । उहाँका अनुसार कर्णबहादुर मल्लको ४ वटा, जक्ति बडुवालको ३ र पृथीबहादुर ऐडीको ३ वटा खच्चर मरेका हुन । यसअघि शनिबार मात्रै त्यही स्थानमा करेन्ट लागेर एउटा भैंसी मरेको थियो ।


Image

जनकबहादुर शाही

शाही कान्तिपुर टेलिभिजनका हुम्ला संवाददाता हुन् ।