अष्ट्रेलियन ब्याटर जोस ब्राउन सुदूरपश्चिम रोयल्सद्वारा अनुबन्धित

कार्तिक १७, २०८२ |खेल ब्युरो
अष्ट्रेलियन ब्याटर जोस ब्राउन सुदूरपश्चिम रोयल्सद्वारा अनुबन्धित

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग- एनपीएलका लागि चौथों विदेशी खेलाडीको रूपमा अष्ट्रेलियन ब्याटर जोस ब्राउनलाई अनुबन्ध गरेको छ। 

अस्ट्रेलियाको बिग बास लिगमा उत्कृष्ट प्रदर्शन गरेका ब्राउनलाई सुदूरले अनुबन्ध गरेको हो। टी-२० क्रिकेटमा ४० खेल खेल्दै ९ सय ४५ रन बनाएका ब्राउनले एनपीएलको दोस्रो संस्करणमा खेल्न पाउँदा खुसी व्यक्त गरेको क्लबले जानकारी दिएको छ । जोस ब्राउनले टी-२० क्रिकेटमा सर्वाधिक १ सय ४० रन बनाएका छन् । 

सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत-सीईओ प्रकाश खड्काले ब्राउनले बीबीएलमा आफ्नो बेग्लै छाप छोडेको र नेपालमा पनि उनको उत्कृष्ट प्रदर्शन हुनेमा विश्वस्त रहेको बताए। मुख्य प्रशिक्षक जगत टमटाको टिमले यसअघि स्कट कुग्गेलिजन, क्रिस लिन, हरमित सिंह र जोस ब्राउनलाई अनुबन्ध गरिसकेको छ।