
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की र सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालबीच भेटवार्ता भएको छ ।
सोमबार संघीय संसद्का दुवै सदनका प्रमुखबीच बालुवाटारमा भेटवार्ता भएको हो । उहाँहरूबीच समसामयिक विषयमा कुराकानी भएको प्रधानमन्त्री कार्यालयले जनाएको छ । भेटका लागि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रिय सभा उपाध्यक्ष विमला घिमिरे, संसदका महासचिव पदमप्रसाद पाण्डे, सचिवद्वय हर्कराज राई र रोजनाथ पाण्डे सहभागी हुनुहुन्थ्यो ।