फिदिममा मनाइयाे ११औँ अन्तराष्ट्रिय योग दिवस

असार ७, २०८२ |लक्ष्मी गौतम
फिदिममा मनाइयाे ११औँ अन्तराष्ट्रिय योग दिवस

पाँचथर । जिल्लाको फिदिममा ११औँ अन्तराष्ट्रिय योग दिवस मनाइएको छ । जिल्लास्थित योग साधनामा समर्पित विभिन्न संघ-संस्थाको आयोजनामा यो दिवस मनाइएको हो । 

दिवसका अवसरमा सूर्य नमस्कार, सर्वाङ्ग सुन्दर, कृया, पूर्णराज कपोटआशन, मयुर आसन र उष्ट्रासनसहित योग अभ्यासका विभिन्न आसन र प्राणायामहरूको नमुना प्रदर्शनीसहित योग, प्राणायम र ध्यानका फाइदाहरूकोबारे चर्चा गरिएको थियो ।

कार्यक्रममा प्रमूख अतिथिको आसनबाट संविधान सभा सदस्य भिष्मराज आङदेम्बेले नियमित योग साधना र प्राणायम गर्दा प्राणघातक रोगहरूबाट बच्न सक्ने भन्दै यसतर्फ आकर्षित हुन नागरिकहरूसँग आग्रह गर्नुभयो ।

पतञ्जली योग समिति पाँचथरका अध्यक्ष हरिप्रकाश सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रम फिदिम नगरपालिकाका मेयर मित्रप्रसाद काफ्ले ,जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाँचथरका प्रमूख टेकनाथ अर्याल र पतञ्जली योग समिति नेपालका केन्द्रीय सदस्य शान्ता गौतमलगायतले नियमित योग गर्दा हुने फाइदाका विषयमा चर्चा गर्नुभएको थियो ।


Image

लक्ष्मी गौतम

गौतम कान्तिपुर टेलिभिजनका पाँचथरका संवाददाता हुन् ।