सडकमै चालकको आँखा जाँच

जेष्ठ २९, २०८२
सडकमै चालकको आँखा जाँच

अर्घाखाँची। गाडी दुर्घटना कम गर्न उद्देश्यले अर्घाखाँचीमा सडकमै चालकको आँखा जाँच गरिएको छ । गोरुसिंगे सन्धिखर्क सडकअन्तर्गत सुपादेउराली मन्दिर नजिक लाहुरे बजारमा गाडी चालकको आँखा र रक्तचापको समस्या रहे, नरहेको पत्ता लगाउन निःशुल्क आँखा जाँच तथा स्वास्थ्य परीक्षण शिविर सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक चक्र बहादुर मल्लले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको समन्वयमा भएको शिविरमा झन्डै एक सय जना चालकको आँखा परिक्षण तथा स्वास्थ्य परीक्षण गरिएको छ । यस्तै ट्राफिक सचेतना मुलक बोर्डहरु पनि राखिएको छ ।