झापा । झापा जिल्लाकाे कचनकवल गाउँपालिका-७ बैगुनबारी बस्ने वर्ष ६५ को किर्खनाथ खनालको करेन्ट लागेर मृत्यु भएको छ । आज बिहान खनाललाई करेन्ट लागेर मृत्यु भएको हो ।
जंगली हात्ती छेकबारको लागि आफैले लगाएको बिजुलीको करेन्टमा परेर मृत्यु भएको प्रहरीले जनाएको छ । खनाल बिहान आफ्नै बारीमा बाख्रा चराउनको लागि गएका थिए । सोहि समयमा खनाललाई करेन्ट लागेको हो ।
शव पोष्टमार्टमको लागि मेची प्रादेशिक अस्पताल भद्रपुर लगिएको छ ।