धनुषा । घर घरमा स्वदेशी उत्पादन प्रयोग गर्ने उद्देश्यका साथ जनकपुरधाममा प्राइम टाइल्सको शो रूम सञ्चालनमा आएको छ । जनकपुरधाममा भारतीय टाइल्सको दबदबा रहेका बेला नेपालमै उत्पादित टाइल्स बिक्री गर्न जनकपुरमा शो रूम विस्तार गरिएको हो ।
देशभरिमा ३० वटाभन्दा बढी शो रूम विस्तार गरेका प्राइम टाइल्सले अरमानी ह्वाइट, गलैंचा, म्याट, कारपेट लगायतका डिजाइनमा विभिन्न साइजको टाइल्सहरू बजारमा ल्याएको छ ।