दाङ । दाङको तुलसीपुर १३ बखरीयामा आइतबार बिहान भएको यात्रुवाहाक बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । २८ जना घाइते भएका छन् । दंगीशरण गाँउपालिका २ गोल्टाकुरीबाट तुलसीपुर आउँदै गरेको ना ४ ख ४००१ नम्बरको यात्रुबाहक बसर तुलसीपुर १३ बखरीयामा स्कुल बसलाई साइड दिनेक्रममा ब्रेकफेल भै अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गम्भिर घाइते २ जनाको उपचारका क्रममा जनाको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमूख प्रहरी नायव निरिक्षक अनिलसिङ ठकुरीले् जनाकारी दिनु भयो । मृत्यु हुनेमा दाङको दंगीशरण गाँउपालिका ४ का ६५ वर्षका नारायण भण्डारी र दंगीशरण गाँउपालिका २ की ४० वर्षकी शान्ता खड्का चौधरी रहेको प्रहरीले जनाएको छ ।
५ जना घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको छ भने अन्य घाइते २३ जनाको राप्ती प्रादेशीक अस्पताल तुलसीपुरमा उपचार भैरहेको पनि प्रहरीले जनाएको छ ।