कैलालीमा अफिमसहित दुई जना पक्राउ

जेष्ठ १९, २०८२ |टेकराज जोशी
कैलालीमा अफिमसहित दुई जना पक्राउ

धनगढी । कैलालीको चिसापानीबाट प्रहरीले १ किलो ८०६ ग्राम अफिमसहित दुई जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा जुम्ला जिल्ला गोठीचौर गाउँपालिका घर भएका ३८ वर्षीय मेगराज खत्री र जाजरकोटको बारीकोट गाउँपालिका-३ का ३२ वर्षीय भक्तबहादुर शाही रहेका छन । 

लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ सई केशव जोशी र इलाका प्रहरी कार्यालय चिसापानीका प्रमुख इन्स्पेक्टर ज्ञानेन्द्र सिंहको कमाण्डमा खटिएको संयुक्त टोलीले उनीहरूलाई पक्राउ गरेको हो । 

उनीहरूलाई शंकास्पद रूपमा बसिरहेको अवस्थामा फेला पारी नियन्त्रणमा लिएको जनाएको छ । उनीहरूलाई आवश्यक प्रक्रिया पुर्‍याई खानतलासी गर्दा कालो प्लास्टिकमा बेरी लुकाई राखिएको अवस्थामा अवैध अफिम बरामद गरिएको प्रहरीले जनाएको हो । पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय चिसापानीमा बुझाइएको छ ।


Image

टेकराज जोशी

जोशी कान्तिपुर टेलिभिजनका कैलालीका संवाददाता हुन् ।