भक्तपुर घरेलु तथा साना उद्याेग संघकाे आयाेजना तथा भक्तपुर उद्याेग तथा वाणिज्य कार्यालयकाे सहकार्यमा भक्तपुरकाे नः पुखुमा भएकाे मेलामा मैलिक घरेलु उत्पादनका का ३९ स्टल तथा ५ वटा खानाका स्टल रहेका छन ।
मेलामा भक्तपुरकाे मौलिक खाना याेमरी, चतामरी, बारा, समेवजि सेट, च्याउका विभिन्न परिकार, हस्तकाला, मुर्तिकला, धातुकला तथा विभिन्न फूल तथा वाेटविरूवाका स्टल हरू समेत रहेका छन ।
मेलाकाे उद्घाटन गर्दै भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले घरेलु उत्पादनले मात्रै युवाहरूलाई स्वदेशमै स्वराेजगारी श्रृजना गर्न सकिने बताउनुभएकाे थियाे। हस्तकला, कास्ठकला, मैलिक खान, पाेसाक, भक्तपुरकाे कलासंस्कृति र विभिन्न घरेलु उत्पादनले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गरिरहेकाे प्रमुख प्रजापतिले बताउनु भयाे ।
केन्द्र र प्रदेश सरकारले वनाउने नीति मार्फत पनि घरेलु उत्पादनलाई प्रवर्धन गर्न सकिने उहाँकाे भनाई थियाे । विभिन्न सार्वजनिक समाराेहमा उपहारकाे रूपमा घरेलु उत्पादनमात्रै दिन पाउने व्यवस्था, पर्यटकलाई मैलिक खानाले स्वागत गर्ने, र घरेलु उत्पादनमा पाेशाक अनिवार्य प्रयाेग गर्ने नीति बनाए घरेलु उत्पादन फस्ट्याउनु उहाँकाे भनाई थियाे ।
नेपालले सियाेदेखि हवाईजहाज सम्मनै विदेशबाट आयात गरिरहेकाे अवस्थाले व्यापार घाटा दिनप्रतिदिन बढिरहेकाे बताउँदै उहाँले घरेलु उत्पादनले विदेशी मुद्रा आर्जन गर्ने प्रमुख स्राेत भएकाे उहाँकाे भनाई थियाे ।
कार्यक्रममा भक्तपुर उद्याेग तथा वाणिज्य कार्यलयका प्रमुख रामप्रसाद कुस्माले कार्यलयले समय सापेक्ष घरेलु उत्पादन सम्वन्धि तालिमहरू दिईदै युवाहरूलाई स्वराेजगारि बनाउँदै आएकाे बताउनुभएकाे थियाे ।
कार्यक्रममा गाे लाेकलका अध्यक्ष विरेन्द्र जतिले भक्तपुरका ५ वटन रैथाने उत्पादनलाई संरक्षणकाे प्रयास थालेकाे बताउँदै रैथाने उत्पादनलाई जगेर्ना गर्न भिडियाे र लिपिमार्फत् जगेर्ना गर्न काम अघि बढाएकाे बताउनुभयाे ।
कार्यक्रममा घरेलु तथा साना उद्याेग संघका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले सरकारले घरेलु उद्यमीलाई सहुलियत खरका कर्जा दिनुपर्ने, माैलिक उत्पादनलाई जगेर्ना गर्न स्थानिय सरकारले सहयाेग गर्नुपर्ने, युवालाई तालिम दिएर स्वदेशमै राेजगारी श्रृजना गर्नुपर्ने बताउनुभयाे । मेला आज सकिँदै छ।