चितवन । चितवनमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधबार दिउँसो चट्याङ लागेर पहाडी भेग इच्छाकामना गाउँपालिका-१ क्याङसिराङ बस्ने वर्ष ५१ का बिरू चेपाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बिरूसङ्गै रहेका ३२ वर्षका भतिज दिल बहादुर चेपाङ भने घाइते भएका छन । उनीहरू बाटोमा हिडिरहँदा चट्याङ परेको थियो । स्थानीयले खबर गरेपछि राती प्रहरी घटनास्थल पुगेको थियो ।
मृतक बिरूलाई पोस्टमार्टम र घाइतेलाई उपचार गर्न आज बिहान करिब ३ बजे भरतपुर अस्पताल ल्याइपुर्याएको थियो । घटनास्थल इलाका प्रहरी कार्यालय मुग्लिङबाट ४५ किलोमीटर पुर्व दक्षिण भेगमा पर्छ ।