खैरो हिरोइनसहित एक जना धनुषा प्रहरीकाे नियन्त्रणमा

असार १७, २०८२ |अमरकान्त ठाकुर
खैरो हिरोइनसहित एक जना धनुषा प्रहरीकाे नियन्त्रणमा

जनकपुर । धनुषा प्रहरीले लागु औषध खैरो हिरोइनसहित एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिरहाको कल्याणपुर नगरपालिकामहुलियाका २० वर्षीय कृष्ण कुमार ठाकुर रहेको जिल्लाप्रहरी कार्यालय धनुषाले जनाएको छ । 

ठाकुरलाईभारतको जयनगरबाट धनुषाको जनकनन्दनी गाउँपालिकाअन्तर्गत कमलावाँधमा आउँदै गरेको अवस्थामा पक्राउ गरिएको धनुषा प्रहरीले हो ।

सिमावर्ती क्षेत्रमा सुरक्षाकालागी खटिएका प्रहरीले चेकजाँच गर्दा ठाकुरको साँथबाट ५० ग्राम खैरो हिरोइन र सिमसहितको मोबाइल बरामद भएको छ । बरामदलागु औषध नेपालीबजारमा २ लाख रूपैया बराबरको छ । 

थौरै परिणाम तथा बढी मुल्यमा पाइने भएकोले अहिले लागु औषध खैरो हिरोइन भारतबाट नेपालतर्फ ल्याउन युवाहरू सक्रिय देखिएका छन् । यता ठगी मुद्दामा पनि धनुषा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।


Image

अमरकान्त ठाकुर

ठाकुर कान्तिपुर टेलिभिजनका धनुषा संवाददाता हुन् ।