सिरहा । सिरहामा एक युवकको शव फेला परेको छ । अर्नमा गाउँपालिका-१ स्थित आफ्नै घर अगाडि शनिबार बिहान स्थानीय अन्दाजी ३० वर्षीय अजय महराको शव भेटिएको हो ।
स्थानीयकाअनुसार, मृतकको घाँटीमा लुगा बेरिएको छ भने कुटपीट गरी घिसारेर उनको हत्या गरिएको देखिएको छ । प्रहरीले भने घटनाको अनुसन्धानपछि मात्रै केही भन्ने बताएको छ ।
'हामीले घटनाको मुचुल्का गर्दैछौं, अनुसन्धान सुरु भएको छ,' जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले कान्तिपुरसित भन्नुभयाे, 'यो घटना कसरी भयो भन्ने कुरा अनुसन्धानपछि भन्छौं ।'