काठमाडौं । नेपाली काँग्रेसका सांसद डा.शेखर कोईरालाले कुलिङ पिरियडमा भएको चलखेल क्षम्य नभएको बताउनुभएको छ ।
मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले उहाँले अहिले राजनीति गर्ने नभइ गन्धा खेल खेल्ने काम भइरहेको टिप्पणी गर्नुभयो । संसद्को समितिबाट सर्वसम्मत पास भएको विषय संसदमा आउँदा हेरफेर हुनु गल्ती नभई अक्षम्य अपराध भएको उल्लेख गर्दै उहाँले गलत काम गर्नेहरुलाई कारबाहीको दायरामा ल्याउन माग गर्नुभयो । कर्मचारीले अवकाश वा राजीनामा दिएको दुई वर्षसम्म संवैधानिक, कूटनीतिक वा सरकारले गर्ने अन्य कुनै नियुक्ति खान नपाउने कानूनमै व्यवस्था गर्न राज्य व्यवस्था समितिमा सर्वसम्मति भएको थियो । तर प्रतिनिधि सभाबाट पास गर्ने समयमा उक्त विधेयकमा घुसाएर नियुक्ति खान पाउने गरी व्यवस्था गरिएको छ । यसको चौतर्फी आलोचना भइरहेको छ ।
कोईरालाले राजनीति गर्ने क्रममा निष्ठावान हुन जरुरी रहेको बताउनु भयो । अहिले देशको राजनीतिक, सांस्कृतिक, धार्मिक, आर्थिक अवस्थालाई ठिक बनाउन राजनीति नै सबैको गुरु भएको बताउनु भयो । नेपालका राजनीतिज्ञहरु नै ठिक नभएको बताउँदै उहाँले राजनीति ठिक हुनु जरुरी रहेको बताउनु भयो ।