धनकुटामा एक क्विन्टल गाँजा नस्ट

असार १४, २०८२ |विनोद घिमिरे
धनकुटामा एक क्विन्टल गाँजा नस्ट

धनकुटा । धनकुटा प्रहरीले विभिन्न स्थानबाट बरामद गरेको गाँजा जलाएर नस्ट गरेको छ । 

ओसारपसार र भण्डारणका क्रममा फेला पारेको १ हजार ६८ किलो गाँजा तमोर नदिको मुलघाटमा जलाइएको हो । 

यस अघि पनि बरामद गरिएको प्रतिबन्धित लागू औषध गाँजा नस्ट गरिएको डिएसपी ओमप्रकाश खनालले बताउनु भयो ।


Image

विनोद घिमिरे

घिमिरे कान्तिपुर टेलिभिजनका धनकुटा संवाददाता हुन् ।