विपद्‍बाट नागरिक र सम्पत्तिको सुरक्षा गर्न सरकार तयारी अवस्थामा छ : गृहमन्त्री

असार १७, २०८२ |कान्तिपुर टीभी संवाददाता
विपद्‍बाट नागरिक र सम्पत्तिको सुरक्षा गर्न सरकार तयारी अवस्थामा छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले विपद्जन्य क्षति हुनबाट रोक्न र विपद्पछि नागरिक र सम्पत्तिको सुरक्षा गर्न सरकार तयारी अवस्थामा रहेको बताउनुभएको छ ।

मंगलवार सिंहदरबारमा विपद् प्रतिकार्यमा हवाई उद्धारका लागि निजी हेलिकप्टर प्रयोग सम्बन्धमा वायुसेवा सञ्चालक संघ र विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणबीच भएको सम्झौतापछि बोल्दै उहाँले यस्तो बताउनुभएको हो । 

नेपालमा विपद्को जोखिम उच्च रहेको र अहिले मनसुनको प्रारम्भिक चरणमा रहेको बताउनु भयो । उहाँले नेपालमा मनसुनजन्य विपद्ले धेरै ठूलो जनधनको क्षति हुने गरेको बताउनु भयो । काठमाडौं उपत्यकाभित्र कुनैपनि ठाउँमा जोखिम उत्पन्न भए वायुसेवा सञ्चालक संघले हेलिकप्टरबाट निःशुल्क उद्धार गर्ने सम्झौता भएको उहाँको भनाइ छ । 

सरकार र वायु सेवा सञ्चालक संघबीच काठमाडौं उपत्यकामा विपद्जन्य जोखिम उत्पन्न भए निःशुल्क उद्धार गर्ने सम्झौता भएको हो । उपत्यका बाहिर भने वायुसेवा सञ्चालकहरुले आवश्यक परेको खण्डमा 'अपरेशन कस्ट' लिएर उद्धार गर्ने समझदारी भएको छ । खोज र उद्धारमा संलग्न हुने नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाललाई गृह मन्त्रालयले व्यवस्थापन गर्ने जनाइएको छ । 


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.