हटाैंडा । वर्षासँग आएको चट्याङ्ग लागेर मकवानपुरमा गएराती ७ वर्षीया बालिकाको मृत्यु हुनुका साथै एक महिला घाइते भएकी छन् ।
राक्सिराङ गाउॅंपालिका-८ मेशिराङस्थित आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ्ग लागि ७ वर्षीया बालिका युनिका प्रजाको मृत्यु भएको छ ।
उनकी आमा २७ वर्षीया रविना प्रजा चट्याङ लागेर घाइते भएकी हुन् । चट्याङ लागि शरीरको विभिन्न भागमा चोट लागेको अवस्थामा आमा छोरी दुबैलाई उपचारका लागि मनहरी अस्पताल ल्याइएको थियो ।
युनिकाको उपचारका क्रममा गएराती मृत्यु भएको हो भने उनकी आमाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।