काभ्रे । काभ्रेको धुलिखेलमा बिजुलीको मेन लाइन जोड्ने क्रममा करेन्ट लागेर एक युवकको ज्यान गएको छ।
धुलिखेलस्थित जिल्ला प्रशासन कार्यालय अगाडि तार जडान गर्ने क्रममा करेन्ट लागेर सर्लाहीका २७ वर्षीय उज्वल नेपाली (परियार)को मृत्यु भएको हो।
घटना आज बिहान करिब ११ बजे भएको हो। प्रत्यक्षदर्शीका अनुसार उज्वल तार जडान गरिरहेका बेला अचानक करेन्ट लागेपछि उनी भुइँमा ढलेका थिए। तत्कालै उद्धार गरिएपनि अस्पताल लैजाँदै गर्दा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।
स्थानीयहरूका अनुसार काम भइरहेको स्थानमा आवश्यक सुरक्षा उपायहरू अपनाइएको थिएन।
प्रहरीले घटनाको अनुसन्धान थालेको छ भने विद्युत् प्राधिकरण र ठेकेदार कम्पनीसँग स्पष्टिकरण मागिएको छ।