चितवन । चितवनमा एक व्यक्तिले धारिलो हतियार प्रहार गरेर आफ्नै छोरी र दाइको छोराको हत्या गरेका छन ।
भरतपुर-२५ किसान चोकमा आज विहान करिव १० बजेको समयमा ४५ वर्षका लिलाराज गिरीले आफ्नै ७ वर्षकी छोरी प्रभा गिरी र आफ्नै दाजुका ५ वर्षका छोरा सजन गिरीको धारिलो हतिया खुर्पा प्रयोग गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक रविन्द्र खनालले जानकारी दिनुभयाे ।
प्रभा र सजनको उपचारको क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ । लिलाराज प्रभा र सजनलाई खुर्पाले प्रहार गरेर पछि आफुमाथि पनि खुर्पा प्रहार गरेका थिए । उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार लिलाराज गिरीले मानसिक स्वास्थ सम्बन्धि औषधि सेवन गर्ने गरेको खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।