आफै अनियन्त्रित भइ बस पल्टिँदा १५ जना घाइते

जेष्ठ २, २०८२ |कान्तिपुर टीभी संवाददाता
आफै अनियन्त्रित भइ बस पल्टिँदा १५ जना घाइते

चितवन । पूर्व-पश्चिम राजमार्गअन्तर्गत चितवनको रत्ननगर-१० मा काठमाडौंबाट लहान जाँदै गरेको बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन ।

आज विहान ३:३० बजेको समयमा त्रिनेत्र पेट्रोल पम्प अगाडि प्र.१-०२-००१ ख ९१६२ नम्बरको बस डिभाइडरमा ठोकिएर पल्टिँदा बसमा सवार जम्मा ३९ जना मध्ये १५ जना घाइते भएको चितवन प्रहरीले जनाएको छ । 

घाइतेहरूको भरतपुरको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल र रत्ननगर बकुलहर अस्पतालमा उपचार भइरहेको छ ।

बस र बस चालक जिल्ला सिराहा लौकाहा गा.पा-४ बस्ने वर्ष ४७ को कृष्ण यादव, सोही स्थानका वर्ष ३९ का सन्तोष कुमार यादव र सह-चालक काठमाडौं महानगरपालिका- १० बस्ने बर्ष २७ का हरि गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


Image

कान्तिपुर टीभी संवाददाता

Kantipur TV HD, the most popular TV channel in Nepal, brings Nepal to its audiences. Its programmes provide in-depth analyses about the issues of the day and reflect the people’s voice.