कपिलवस्तु । बुद्धभूमि नगरपालिका वडा नं. १ वसन्तपुरमा मर्निङ वाकमा निस्किएर घर फर्कँदै गरेका दुई महिलालाई कारले ठक्कर दिँदा मृत्यु भएको छ । शुक्रबार बिहान करिब ६ बजेतिर कपिलवस्तुको पत्थरकोट–गोरुसिङ्गे सडकखण्डमा अर्घाखाँचीबाट गोरुसिङ्गेतर्फ गइरहेको बीएबी ९५९९ नम्बरको कारले उनीहरूलाई ठक्कर दिएको थियो ।
ठक्करपछि गम्भीर घाइते भएका ६० वर्षीय शान्ता खत्री र ६५ वर्षीय तिलकुमारी रायमाझीलाई उपचारका लागि सदरमुकाम तौलिहवास्थित जिल्ला अस्पताल पुर्याँउदा उनीहरूलाई अस्पतालमा चिकित्सकले मृत्य घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा डीएसपी मोहनमणि अधिकारीले बताउनुभयो ।
महिलाहरू बाटो काटेर पुनः बाटोमा आउँदा घटना भएको प्रहरीले जनाएको छ । कार चालक रूपन्देही, सैनामैना नगरपालिका–५ का ३२ वर्षीय खिमराज श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।