
पाल्पा । पाल्पाको पूर्वखोला र निस्दी गाउँपालिका जोड्ने निस्दी खोलास्थित जमलेघाट पक्की पुल निर्माण भएको छ ।
पाल्पाका दुई गाउँपालिकाका बासिन्दाले फाइदा लिने गरी निर्माण भएको यो पक्की पुल ज्यामिरे हुँदै महेन्द्र राजमार्गको दुम्किबास जोडिने भएकाले यस क्षेत्रका बासिन्दालाई सडक यातायातमा सहज भएको छ ।
यो पक्की पुल सडक पूर्वाधार विकास कार्यालय पाल्पामार्फत् निर्माण गरिएको हो । २०७८ साल फागुनसम्म सक्ने गरी पुल निर्माणका लागि सम्झौता भएको थियो । ३ करोड ५९ लाखमा लागत रहेको पुल निर्माणमा निर्माण व्यवसायीले निर्माणमा ढिलाई गरेकाले तोकिएको म्याद भन्दा झण्डै ४ वर्ष ढिला गरी निर्माण सम्पन्न भएको सडक पूर्वाधार विकास कार्यालय पाल्पाले जनाएको छ ।
प्रि-स्टेट पुलको निर्माण व्यवसायीले आवश्यक सामग्री नल्याउँदा काममा ढिलाई भएको निर्माण कम्पनीले जनाएको छ ।